Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बैशाखमा हुने निर्वाचनबाट प्रचण्डको राजनीति नै सखाप हुने महेश बस्नेतको दाबी

    बैशाखमा हुने निर्वाचनबाट प्रचण्डको राजनीति नै सखाप हुने महेश बस्नेतको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य  महेश बस्नेतले  बैशाखमा हुने निर्वाचनबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको गुट पत्तासाफ हुने दाबी गरेका छन्। नेता बस्नेतले कुनै पनि हातमा निर्वाचन हुने बताएका छन् ।

    प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशको लागि जनतामा जाने निर्णय स्वागतयोग्य र सराहनीय रहेको उनको भनाइ छ । ‘सरकार नचल्ने अवस्था नआईसकेपछि, पार्टीभित्रैबाट असहयोगको अवस्था आईसकेपछि ताजा जनादेशका लागि जनतामा जानु नराम्रो होइन,’बस्नेतले भनेका छन् ।



    यस निर्णयबाट देशका प्रचण्ड गुट बाहेकका अन्य राजनीतिक दलहरु खुशी रहेको बस्नेतले बताएका छन् । उनले अ भनेका छन्, ‘सीमित भ्रष्ट, अवसरवादी, स्वार्थी र आपराधिक पृष्ठभूमि भएका इतिहास भएका नेताहरुले नेपालको राजनीतिलाई गाइड गर्न खोज्नु राम्रो होइन,’ओलीको भनाई उद्धृत गर्दै बस्नेतले भने, ‘प्रधानमन्त्री ओलीको यस निर्णयले कांग्रेसको हाड हाँसेको छ, कांग्रेसले देखाउनका लागि मात्र विरोध गरेको हो,’।



    बस्नेतले यो अवस्था आउनुमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल गुटका मानिसहरु मुख्य कारक तत्व रहेको बताएका छन् ।

    बस्नेतले आगामी निर्वाचनमा केपी ओलीकै नेतृत्वमा सूर्य चिन्ह लिएर जनताको माझमा जाने बताए । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि पहल सुरु गरिसकेको पनि बस्नेतले बताए ।

    त्यसको ज्वलन्त उदाहरण प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफल गर्नु भएको बस्नेतले बताए ।

    प्रचण्ड तत्कालिन नेकपा एमालेको एक गुटका नेताले दिएको बैशाखीको सहारा लिएर उठ्न खोजेको बस्नेतले बताएका छन् । निर्वाचनसँगै प्रचण्ड कम्युनिस्ट आन्दोलनबाट होइन, नेपालको राजनीतिबाट नै गर्ल्यामगुर्लुम ढल्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार