Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ३११ काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ३११ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई  कोरोना संक्रमण देखिएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९४ हजार ९०९ जना संक्रमित भएका छन्, जसमध्ये ४५४ जनाको मृत्यु भएको छ। हालसम्म ९१ हजार ७ जना निको भएका छन्।



    ललितपुरमा १४ हजार ८४९ जना संक्रमित भएका छन्। जसमा १४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ७९ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ६६४ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३२३ जना निको भएका छन्। आज काठमाडौंमा ३ हजार ४४८  ललितपुरमा ६२८ र भक्तपुरमा २४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार