Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लाखाैं रूपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

    लाखाैं रूपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.5K
    SHARES

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका-७ हर्शहाका २८ वर्षीय अनिल कुमार पटेल रहेका प्रहरीले जनाएकाे छ। उनले ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ ।



    ओम्नी अटोमोबाईल प्रालि चन्द्रनिगाहपुरको सोरुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७५ साउन १ देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भन्नि बुझेको र कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई ठगी गरेको भन्ने उजुरी अनुसार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    पक्राउ परेका पटेललाई थप अनुसन्धानको लागि अदालतबाट ७ दिनको म्याद थपि नियन्त्रणमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार