Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिलाई भेटिन

    चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिलाई भेटिन

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।

    मंगलबार साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी निवास शितलनिवास स्रोतले जानकारी दियाे ।



    नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि शितलनिवास पुगेकी हुन् ।



    संसद बिघटनपछी यान्छीको राजनीतिक चलेखेल एकाएक बढेको छ।

    एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार