Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालिकालाई बलात्कार गरेर फरार भएका वम्जन पक्राउ

    बालिकालाई बलात्कार गरेर फरार भएका वम्जन पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.9K
    SHARES

    सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-२ गागनका ४२ वर्षीय हेमबहादुर वम्जन रहेका छन् ।

    बालिकालाई अपहरण गरी बेपत्ता बनाएको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा वम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।



    भदौ १२ गते गोठालो गएको समयमा वम्जनले बालिकालाई बलात्कार गरेको पीडित परिवारले जनाएको छ । प्रहरीका अनुसार भदौ १२ गते बलात्कार गरी फरार रहेका वम्जनले मंसिर ३ गते बालिकालाई नियन्त्रण लिएर वेपत्ता बनाएका थिए ।



    उनैले दिएको सूचनाका आधारमा बालिकालाई बारा जिल्ला निजगढ नगरपालिका ११, रतनपुरबाट प्रहरीले सकुशल उद्धार गरिसकेको छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार