Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा र पौडेलबीच चर्काचर्की

    कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा र पौडेलबीच चर्काचर्की

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपनली कांग्रेसकाे केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ ।

    कांग्रेस मुख्यालय सानेपामा बुधबार बसेकाे कार्यसमिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच केहीबेर चर्काचर्की परेको एक केन्द्रीय सदस्यले जानकारी दिनए ।



    ती केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिकाे उत्पन्न अवस्थाकाे कदमविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा दुई नेताबीच चर्काचर्की परेको हाे ।



    केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न इन्कार गरे । देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेल जंगिएका थिए ।

    ‘पार्टी कहिले फुट्छ ? निर्वाचन आयोगको निर्णय कहिले आउँछ भनेर कांग्रेस कुरेर बस्ने ? त्यतिञ्जेल सुतेर बस्ने ?’ भन्दै पौडेल सभापति देउवाप्रति आक्रमक बनेपछि सहमहामन्त्री प्रकाशरण महत र अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले बसिरहेका ठाउँबाट उठ्दै सभापतिलाई बोल्न दिनुपर्ने भन्दै बचाउ गरेका थिए । केन्द्रीय सदस्य गुरु घिमिरेले पौडेलले सही कुरा गरेको भन्दै उनको बचाउ गरेका थिए ।

    देउवाले प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको र पार्टीलाई आन्दोलनमा लैजानबाट रोक्नका लागि सभापति देउवाले पार्टीको बैठकसमेत लम्बाउन चाहेको पौडेल पक्षको आरोप छ । त्यही बुझेर नै पौडेलले बुधबार तत्काल विरोधका कार्यक्रम घोषणा गर्न माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार