Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भुटानमा फेरि ७ दिनका लागि लकडाउन

    भुटानमा फेरि ७ दिनका लागि लकडाउन

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । कोरोनाको खतरालाई ध्यानमा राख्दै भुटानले फेरि लकडाउन गरेको छ । भूटानका प्रधानमन्त्री लोते छिरिङले बुधबारदेखि लागुु हुनेगरी ७ दिनका लागि लकडाउन घोषणा गरेका हुन् ।

    यसक्रममा एक राज्यबाट अर्को राज्यमा आवागमन पूर्णत बन्द रहनेछ । त्यस्तै, कोभिड १९ टास्कफोर्सले समय–समयमा नयाँ गाइडलाईन जारी गर्नेछ ।



    प्रधानमन्त्री छिरिङले स्थानीय स्तरमा संक्रमण फैलिएका कारण लकडाउन गर्न बाध्य भएको बताएका छन् । केही दिन पहिले थिम्पूमा ५, पारोमा ३ र लामोझिङग्खामा एकजनामा संक्रमण देखिएको थियो । प्रधानमन्त्री छिरिङले यो अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् ।



    भुटानमा अहिलेसम्म कुुल ४ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ४ सय ३० जना निको भइसकेका छन् । अहिलेसम्म भूूटानमा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएको छैन । अर्थात्, आफ्ना देशवासीलाई कोरोनाबाट बचाउन भुटान सफल छ । २०१८ को गणनाअनुसार भुटानको कुल जनसंख्या ७ लाख ५४ हजार छ ।

    बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएसँगै विश्वमा फेरि त्रास बढेको छ । बेलायतले लकडाउन घोषणा गरिसकेको छ भने विश्वका धेरै देशले बेलायतमाथि भ्रमण प्रतिबन्ध लगाएका छन् । नयाँ वर्ष र क्रिसमसका लागि धेरै देशले फरक–फरक निर्देशिका जारी गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार