Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपालमा राजतन्त्र फर्कने भारतीय कुटनीतिज्ञकाे दावी

    नेपालमा राजतन्त्र फर्कने भारतीय कुटनीतिज्ञकाे दावी

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 6.4K
    SHARES

    काठमाडौं। नेपालको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएको छिमेकी मुलुक भारतले संसद विघटन भएको एक साता पुग्न लाग्दा राजनीतिक संक्रियता नदेखाएपनि पूर्व कुटनीतिकहरुले भने मुख खोल्न थालेका छन् ।

    भारतले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरे पनि नेपालका लागि भारतीय पूर्व राजदूत मञ्जीभसिंह पुरीले भने भारतले नेपालमा संसद विघटन भएको विषयमा केही नबोल्नुमा खास कारण रहेको बताएका छन् ।



    भारतीय अखबार दैनिक ट्रिब्युनमा एक लेख लेख्दै पुरीले खास कारण के हो भन्ने नखुलाए पनि नेपालमा राजतन्त्र फर्किने सम्भावना भने देखाएका छन् ।



    पूर्व राजदूत पुरीले राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्व राजा चुपचाप रहेको भए पनि पछिल्लो समय बढ्दै गएको राजतन्त्रवादहिरुको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्व राजा वा उनका पक्षधरसँग कुनै सम्झौता हुन सक्ने पुरीले संकेत गरेका छन् ।

    पूर्व राजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न नसकिने बताउँदै पुरीले लेखेका छन् ‘विगतमा प्रधानमन्त्री ओलीले आफू सांस्कृतिक राजतन्त्रका लागि खुला रहेको बताएका थिए ।’

    पुरीले संसद विघटनको विषयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत विश्वासमा लिएको हुन सक्ने बताउँदै यसको प्रमाणको रुपमा हालै सरकारले गरेका सिफारिसलाई अघि सारेका छन् ।

    पुरीले नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नुलाई पनि प्रश्नको घेरामा राखेका छन् । संसद विघटन कांग्रेसका लागि भगवानले दिएको उपहारको रुपमा विश्लेषण गर्दै उनले यसले कांग्रेसलाई निर्धारित समयभन्दा अगावै सरकारमा जाने अवसर सृजना गरेको बताएका छन् ।

    यसले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीमा भइरहेको नेतृत्वको आलोचना मत्थर पार्न पनि सघाउने पुरीको विश्लेषण छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार