Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव!

    मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव!

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्।

    मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नेकपाको प्रचण्ड–माधव समूहका ४५ सांसदले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्।



    सांसदहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गरेका छन्।



    प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजिनामा दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार