Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

    चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.8K
    SHARES

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले चितुवाको छाला र हड्डीसहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा डोटी जोरायल गाउँपालिका-४ का ३१ वर्षीय किरन पुन, डोटी आर्दश गाउँपलिका–५ का ३५ वर्षीय वीरबहादुर धामी र योगेन्द्र धामी रहेका छन् ।



    बिषेश सूचनाका अधारमा प्रदेश प्रहरीको विशेष टोलीले कैलाली गोदावरी–२ अत्तरिया बजारमा रहेको मिड प्वाइन्ट होटलबाट शुक्रबार बिहान चितुवाको हड्डीसहित ३ जनालाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार प्रहरीले एक थान चितुवाको छाला, हड्डी दुई थान बरामद गरेको हो । आवश्यक कारबाहीका लागि प्रहरीले शुक्रबारै वन डिभिजन कार्यालय धनगढीको जिम्मा लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार