Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पदभार ग्रहण लगत्तै ऊर्जा मन्त्रीको ध्यान किन गयो एमसीसीतिर ?

    पदभार ग्रहण लगत्तै ऊर्जा मन्त्रीको ध्यान किन गयो एमसीसीतिर ?

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् ।

    कृषिप्रदान देश भए पनि नेपाली कृषकले न त समयमै मल विऊ पाएका छन्, न त सिंचाइ नै । यस्तो अवस्थामा नेपालमा भएको जलस्रोतलाई प्रयोग गरेर कसरी देशलाई धनी बनाउने र सिंचाइको क्षेत्रमा कसरी काम गर्ने भन्ने विषयमा मन्त्रीको पहिलो सम्बोधन हुनु पर्नेमा रायमाझीले भने पहिलो सम्बोधनमै एमसीसीबारे मुख खोलेका छन् ।



    आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।



    एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि कार्यान्वयनमा लैजानु पर्ने बताउँदै उनले भने–‘यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ । ‘हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार