Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

    पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।

    साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।



    कोभिडको कारण ज्यान गुमाउने उनी छैठाैँ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । यसअघि पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ ।



    राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार