Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप ४२६ जनामा संक्रमण, ७४८ जना डिस्चार्ज, ८ जनाकाे मृत्यु

    थप ४२६ जनामा संक्रमण, ७४८ जना डिस्चार्ज, ८ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ पुष २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ७४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे ५३४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार