Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ६ हजार घुस लिने प्रहरी हवल्दार र दिने व्यापारी पक्राउ

    ६ हजार घुस लिने प्रहरी हवल्दार र दिने व्यापारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ पुष २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् ।

    अख्तियारका अनुसार उनी भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा परेका हुन् ।



    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सेवाग्राहीसँग लिएको उक्त घुस रकम राख्ने हरिनगर गाउँपालिका-४ का स्थानीय होटल व्यवसायी विनोद साहलाई पनि पक्राउ गरिएको छ ।



    विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुवै जनालाई हरिनगरा बजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार