Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • घुस काण्डमा थानकाेटबाट इन्सपेक्टर पक्राउ

    घुस काण्डमा थानकाेटबाट इन्सपेक्टर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 5.2K
    SHARES

    काठमाडाैं । घुस लिएकाे अभियाेगमा एक जना इन्सपेक्टर पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत थानकाेटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मा रहेका छन् ।



    उनले सवारी दुर्घटना मुद्दामा मिलापत्र गराउने भन्दै १५ हजार रूपैयाँ घुस लिएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।



    पक्राउ परेका शर्मालाई महानगरीय प्रहरी कार्यालय रानीपाेखरीले निलम्बन गरिसकेकाे छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले थानकोट बृत्तका इन्सपेक्टर गायत्रीराज शर्मा लाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको वताए ।

    उनले भने, मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको पाइएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । शर्मा मुद्दा फाँटका इन्स्पेक्टर हु्न् । उनी लामो समयदेखि बृत्तको मुद्दा फाँटामा थिए ।

    महानगरीय प्रहरी कार्यालय रानीपाेखरीको प्रमुखमा एआईजी हरि पाल आएसँगै उनले मातहतका प्रहरी कार्यालयमा शुद्धिकरण अभियान थालेका छन्।

    जस क्रममा इन्स्पेक्टर शर्मासहित चार जना प्रहरी कारवाहीमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार