Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यसरी भइन सार्वजनिक, मुम्बईको बान्द्रामा घर खोज्दै

    सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यसरी भइन सार्वजनिक, मुम्बईको बान्द्रामा घर खोज्दै

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 3K
    SHARES

    एजेन्सी। बलिउडका अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणको बारेमा सीबीआईले कुनै निष्कर्ष निकालेको छैन।

    यस मुद्दाका सबैभन्दा ठूला अभियुक्त सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई केही महिना अघि अदालतले जमानतमा रिहा गर्यो। रियाको जमानत लगत्तै पछि उनका भाइ शोविक चक्रवर्ती पनि बेलमा छुटे। धेरै महिना पछि, रिया र शोभिक पहिलो पटक घरबाट बाहिर भेटिएएका छन्।



    दुबै जना बान्द्रास्थित एक भवन बाहिर देखिएका थिए । स्रोतका अनुसार रिया र शोविक बान्द्रामा नयाँ घर खोज्न गएका थिए।



    रिया हाल मुम्बईको जुहू तारा रोड स्थित प्राइमरोज अपार्टमेन्टमा बस्छिन्। उनी  आफ्ना बाबुआमा र भाईसँग बस्छिन्। सुशान्त केसमा रियाको एफआईआरपछि उनको घरमा सीबीआई, एनसीबी र ईडीले छापा मारेको थियो।

    रिया सुशान्त मुद्दामा ड्रग्स प्रकरणमा पक्राउ परेकी थिइन । रिया भन्दा पहिले शोविक  पक्राउ परेका थिए।

    दुबै जनामाथि सुशान्तलाई  ड्रग्स ग दिएको आरोप लगाइएको छ।

    समाजको एक ठूलो वर्ग रिया चक्रवर्तीको बारेमा नकारात्मक  छ। उनीमाथि सुशान्त मुद्दाको मुख्य आरोपी भएको आरोप छ। यस बाहेक, रियाको नाम ड्रग्सको लेनदेनमा पनि आउँदछ।

    सुशान्त केसमा जब रियाको बिरूद्ध एफआईआर दर्ता भएको थियो, रियाले एक भिडियो शेयर गर्दै आफुबिरुद्ध एफआईआर लागेदेखि  समाजमा जीवन कठिन भएको वताएकी थिइन ।

    समाज बाहिरका मिडियाका प्रश्नहरूले उनी दुखित भइन । रियाले आफु र  परिवारको ज्यान जोखिममा परेको वताएकी थिइन ।

    २०२० जून १४, मा बलिउड अभिनेता सुशान्त सिंह राजपूत आफ्नो  फ्ल्याटमा एउटा फ्यानबाट झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए।

    घटनाको केहि दिन पछि सुशान्त को परिवारले रिया चक्रवर्तीलाई पैसा जुटाउने, लागूऔषध दिने गरेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार