Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो

    प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिएको छ ।

    सीतासँगै नेकपा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएकी छन् । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट उनीहरू मुम्बई प्रश्थान गरेका हुन् ।



    सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटाले जानकारी दिए ।



    सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार