काठमाडौं उपत्यकामा थपिए २३२ काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २३२ काेराेना संक्रमित

अनलाइन नेपाल
  • मंगलबार, पुष २१ २०७७

  • 4.9K
    SHARES

    काठमाडौं उपत्यकामा थपिए २३२ काेराेना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार २७३  जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई  कोरोना संक्रमण देखिएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९७ हजार ९१९ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ९७३ सय जना निको भएका छन्।

    ललितपुरमा १५ हजार ४०४ जना संक्रमित भएका छन्। जसमा १४७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९३५ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ९५० संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२१ जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ४७० ललितपुरमा ३२२  र भक्तपुरमा १२० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार