Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौं उपत्यकामा थपिए २३३ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए २३३ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२ महिला र १६१ पुरुष गरी २३३ जना कोरोना संक्रमित थपिएका छन्।

    योसँगै उपत्यकामा १ लाख २२ हजार ५०६ जनामा कोरोना संक्रमण् पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९८ हजार ७८ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार १८२ सय जना निको भएका छन्।



    ललितपुरमा १५ हजार ४५४ जना संक्रमित भएका छन्। जसमा १४८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९७७ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ९७४ संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७३७ जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ४२० ललितपुरमा ३२९ र भक्तपुरमा १२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार