Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लागुऔषधसहित चार जना पक्राउ

    लागुऔषधसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.7K
    SHARES

    विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार लिम्बू, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ बस्ने २२ वर्षीया अनु राई रहेका छन्।



    प्रहरीले मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ।

    उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार