Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

    जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.4K
    SHARES

    धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपा ओली पक्षका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

    धनगढीमा आज आयोजित नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए । उनले भने, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।”



    बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए ।



    बैठकले नेकपा दाहाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार