Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच बिहीबार भेटवार्ता भएको छ ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढेका बेला सक्रिय बनेकी चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ ।



    नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउँसो काठमाडौंको नक्सालमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।



    प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड–माधब कुमार नेपालले गरेका छन् ।

    नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने दुवै समूहमा खुलेर लागेका छैनन् । उनले अझै पनि पार्टी एकतामा जोड दिएका छन् ।
    आज मात्रै राष्ट्रिय सभाको बैठकमा नेता गौतमले आफू पार्टी एकताको पक्षमा नै रहेको बताएका थिए । अझै पनि पार्टी एकताको पक्षमा रहेकाे र नेता कार्यकर्ताहरुलाईसमेत उनले पार्टी एकताको पक्षमा उभिन अपिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार