Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनद्वारा लद्दाख र डोकलाम विवादपछि भारतसँगको सीमामा रणनीति परिवर्तन

    चीनद्वारा लद्दाख र डोकलाम विवादपछि भारतसँगको सीमामा रणनीति परिवर्तन

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3.7K
    SHARES

    एजेन्सी।  गत वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनियाँ पिपुल्स लिब्रेसन आर्मीलाई (पीएलए)लाई कुनै पनि बेला युद्ध लड्नको लागि तयार हुनुपर्ने बताएका थिए।

    तीन महिना भित्र दोस्रो पटक उनले फेरि आफ्नो सेनालाई युद्धको लागि तयार हुन आग्रह गरे।



    जिनपिङले यस बर्षको आरम्भमा राष्ट्रिय सुरक्षा कानूनको समीक्षा गर्ने क्रममा सैन्य सम्बन्धी महत्वपूर्ण नीतिगत निर्णयहरूको लागि चिनियाँ कम्युनिष्ट पार्टी अर्थात सीपीसीको ‘सेन्ट्रल मिलिट्री कमीशन’ लाई पूर्ण अधिकार दिएका छन्।



    पहिले यी शक्तिहरू चिनियाँ क्याबिनेट अर्थात् चीनको स्टेट काउन्सिलमा थियो। नयाँ आदेश पछि सेनाकोकारवाही वा निर्णयमा मन्त्रिपरिषद्को हस्तक्षेप हुनेछैन। सि जिनपिङकेन्द्रीय सैन्य आयोगको प्रमुख पनि हुन ।
    विज्ञहरूले भने जिनपिङको यो निर्णयको स्पष्ट र सबैभन्दा ठूलो संकेत चीन अहिलेसम्म लद्दाखमा आफ्नो सेनाको कारवाहीमा खुसी नभएको वताएका छन् ।

    जनरल झाओ जोङकुईलाई पश्चिमी कमान्डबाट हटाइयो र उनको ठाउँमा जनरल ज्हेंग जूड़ोंगलाई नेतृत्व दिइयो।

    यस बाहेक, पश्चिमी थियेटर कमान्डमा पीएलए र केन्द्रीय सैन्य आयोगसँग सम्बन्धित चार अन्य अधिकारीहरू छन्, जसलाई सि जिनपिङले  बढुवा गरेका थिए।

    भारतमा रहेका रक्षा विश्लेषकहरूले सि जिनपिङले को यो कार्य अप्रत्याशित भएको महसुस गरे । किनभने यस्ता निर्णय चिनियाँ सेनामा सामान्य छैनन्।

    तर, अर्कोतर्फ यो सत्य पनि हो कि भारतसँगको४५०० किलोमिटर लामो सीमाको ज्ञान र अनुभव पीएलएको अन्य कुनै जनरलसँग छैन।

    जनरल ज्हाओको  नेतृत्वमा चिनियाँ सेनाले डोकलाममा भारतीय सिमामा घुसपैठको प्रयास गरे।

    तर विज्ञहरू विश्वास गर्छन् कि जनरल झाओ भारतको बारेमा अनुभवी छन् । तर, भारतीय सेनाले चिनियाँ सेनाको हरेक कदमलाई कडा प्रतिक्रियाका साथ चिनियाँ सेनालाई अगाडि बढ्न रोक्न सकेको कुरा स्पष्ट छ।

    पेन्गोङ तालको क्षेत्रमा घुसपैठ होस् वा गल्भान उपत्यकामा भारतीय सैनिकहरूमाथि आक्रमण गर्न उनीहरु असफल भए ।

    भारतीय सेनाले पनि चीनको कार्यलाई कडा जवाफ दिए र गल्वानमा धेरै चिनियाँ सैनिक मारिएको दाबी गरिएको छ।

    तर, चीनले भने आफ्नो तर्फको क्षतीको बारेमा केही बताएको छैन। बिबिसी हिन्दी 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार