Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ‘प्रचण्ड र नेपाल राष्ट्रियता विरोधी हुन्’

    ‘प्रचण्ड र नेपाल राष्ट्रियता विरोधी हुन्’

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.6K
    SHARES

    फाइल तस्विर

    बाग्लुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले राष्ट्रियता विरोधी क्रियाकलाप गरिरहेको आरोप लगाएका छन्।

    नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार बाग्लुङ बजारमा गरेको कार्यकर्ता भेलामा मुख्यमन्त्री गुरुङले प्रचण्ड र नेपालको क्रियाकलाप देश, सरकार र राष्ट्रियता विरोधी भएको आरोप लगाए ।



    उनले तिनै दुई नेताको पद लोलुपताले नेकपा विभाजनको अवस्थामा पुगेको बताए। साथै, उनले राष्ट्रियता विरोधी शक्तिलाई परास्त गर्न एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।



    मुख्यमन्त्री गुरुङले पार्टीको निर्वाचित अध्यक्षलाई सधैं अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार