Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लद्दाखमा फेरी तनाब : भारतीय सीमामा पस्न खोज्दा चिनियाँ सेना पक्राउ

    लद्दाखमा फेरी तनाब : भारतीय सीमामा पस्न खोज्दा चिनियाँ सेना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 5.2K
    SHARES

    एजेन्सी। भारत र चीनबीच चलिरहेको तनावकाबीच शुक्रबार बिहान एक चिनियाँ सिपाही लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पक्राउ परेका छन्।

    भारतीय मिडियाका अनुसार चीनको पीपुल्स लिबरेशन आर्मी (पिएलए) का सिपाहीहरू भारतीय सीमा भित्र पेङगोङ तालको दक्षिणतिर सर्दै थिए ।



    तर, त्यहाँ तैनाथ भारतीय सैनिकहरूले कब्जा गरे। यस विषयमा दुई पक्षबीच वार्ता जारी छ।



    भारतको सिमानामा पक्राउ परेका चिनियाँ सिपाहीको बारेमा सोधपुछ जारी छ।

    यदि चिनियाँ सिपाहीको गल्ती देखियो भने औपचारिकता पूरागरे पछि उसलाई चीन फिर्ता पठाइनेछ।

    चीन र भारतबीच च गत बर्षदेखि विवाद चलिरहेको छ। गल्वान उपत्यकामा हिंसात्मक झडप भएपछि यो विवाद अझ गम्भीर भयो। यस झडपमा दुबै सेनाको क्षति भयो।

    प्रत्येक दिन, चिनियाँ सेनाले सीमाको नजिक पेङगोङ तालको  वरिपरि घेरा हालेर भारतीय क्षेत्र कब्जा गर्ने गर्दै आएको छ ।

    यो मात्र होइन, चीनले पेङगोङ तालको वरपर सैनिक बन्करहरू र रडार स्टेशनहरू पनि निर्माण गरेको छ । चीनले अप्टिकल फाइबर पनि बिछ्याइरहेको छ।

    जाडोको मौसममा दुबै देशको सेना पेङगोङ क्षेत्रबाट पछि हटेको थियो । तर, यस पटक चिनियाँ सेनाले भारतीय इलाका कब्जा गर्न चाहन्छ र पछाडि हटेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार