Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बेलायतमा बस्दै आएका गायक बद्री केसीद्वारा आत्महत्या

    बेलायतमा बस्दै आएका गायक बद्री केसीद्वारा आत्महत्या

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.5K
    SHARES

    लन्डन । बेलायत बस्दै आएका कलाकार बद्री केसीले लन्डनमै आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान उनको शव फेला परेको थियो ।

    ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।



    केसीका सहकर्मीका अनुसार उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। प्रहरीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको शव शनिबार मात्रै फेला परेको थियो।



    आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आत्महत्याको कारण स्पष्ट भइसकेको छैन। उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ।

    पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए। केही वर्षअघि नेपाल फर्किएका उनी पछि फेरि बेलायत आएका हुन्। लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपालीमाझ लोकदोहोरी गायकका रुपमा चिनिन्थे।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार