Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘सरकारविरुद्ध नागरिक समाजसहितको बृहत संयुक्त मोर्चा गठन गरिने’

    ‘सरकारविरुद्ध नागरिक समाजसहितको बृहत संयुक्त मोर्चा गठन गरिने’

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.7K
    SHARES

    सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले प्रतिनिधि सभा विघटन संवैधानिक ‘कू’ भएकाले त्यसविरुद्ध बृहत संयुक्त मोर्चा गठन गरिने बताएका छन् ।

    नेकपा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्जसमेत रहेका शर्माले उक्त मोर्चामा राजनीतिक दलहरुका साथै नागरिक समाजको समेत सहभागिता हुने बताए ।



    ‘यस्तो मोर्चाले उपलब्धि हासिल गरिसकेपछि सबैको संयुक्त स्वामित्व स्थापित गरी कम्तीमा १० वर्षसम्म सँगसँगै जाने वातावरण मिलाइने छ,’ सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसले मात्र राष्ट्रिय स्वाधिनता र संविधानको संरक्षण गर्नेछ ।’ विगतमा संयुक्त संघर्षबाट प्राप्त उपलब्धिमा राजनीतिक दलले मात्र स्वामित्व लिँदा अहिलेको अवस्थामा सिर्जना भएको पनि उनले बताए ।



    नेता शर्माले सरकारले गरेको संसद विघटन देशलाई निरंकुशतातर्फ लैजाने पहिलो ‘स्टेप’ मात्र भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली पुरानै दलाल र नोकरशाहीबाट घेरिँदा देश संकटतर्फ गएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार