Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनले पूर्वी लद्दाखको एलएसीबाट किन १० हजार सेनालाई फिर्ता बोलायो ?

    चीनले पूर्वी लद्दाखको एलएसीबाट किन १० हजार सेनालाई फिर्ता बोलायो ?

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.6K
    SHARES

    एजेन्सी। भारतसँग तनावकाबीच चीनले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट १० हजार जवानलाई फिर्ता लिएको छ।

    चिनियाँ सेनाले भारतीय सिमाना नजिक २०० किलोमिटरको दायराबाट हटेको छ। लद्दाखमा शून्य तापक्रम तल झरेकोले चीनले यो कदम चालेको छ।



    भारतीय संचारमाध्यमका अनुसार अत्यन्त चिसो र गाह्रो अवस्थाका कारण चिनियाँ सैनिकहरू सीमाबाट पछि हटेका हुन ।



    परम्परागत रूपमा जहाँ चिनियाँ सेनाले लद्दाखमा भारतीय सिमाना नजिक तालिम लिएका थिए, त्यो ठाउँ अहिले खाली छ।

    वास्तवमा गत वर्ष मार्च-अप्रिलमा भारतसँगको तनाव सुरु हुँदा चीनले सीमामा ५० हजार सेना खटाइसकेको थियो, त्यस बेलादेखि  चिनियाँ सैनिकहरू लद्दाखको एलएसीमा थिए।

    जब विश्व कोरोना महामारीको सामना गर्दै थियो , त्यस बेला  चिनियाँ सैनिकहरू लद्दाखको पहाडी क्षेत्रहरूमा थिए।

    चिनियाँ सेनाले भारतको सिमानामा करिब २०० किलोमिटरको परिधिबाट हटाएको स्रोतले जनाएको छ।

    यो सम्भवतः चिसो जाडो र सबै कठिनाइहरूको कारणले भएको हो। कडा जाडोलाई ध्यानमा राख्दै चीनले आफ्नो सेना फिर्ता लिइसकेको छ।

    चीनले आफ्नो जवानहरुलाई हटाउन बाध्य पारे पनि भारतीय सैनिकहरु मोर्चामा स्थिर छन। शून्य भन्दा केही डिग्री तल तापक्रममा पनि भारतीय सैनिकहरू लद्दाखमा चीनको सिमानामा उभिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार