Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मन्त्रिपरिषद् विस्तार सम्बन्धी रिट हेर्दाहेर्दैमा

    मन्त्रिपरिषद् विस्तार सम्बन्धी रिट हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • मंगलबार, २८ पुष २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । संसद विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

    अधिवक्ताहरू लोकेन्द्र बहादुर ओली, केशरजंग केसी र दिनेश लामिछानेले १३ पुसमा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १४ पुसमा कामचलाउ बनिसकेपछि गरिएको मन्त्रिपरिषद् विस्तार बदरको माग सहित छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।



    सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी चढेको रिटमाथि अब ११ माघमा सुनुवाइ हुने भएको छ ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ५ पुसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

    रिटमा प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने तर त्यही प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको उल्लंघन भएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार