Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नयाँ तस्बिर सुट गराएपछि प्रियंकाको चर्चा चुलियो

    नयाँ तस्बिर सुट गराएपछि प्रियंकाको चर्चा चुलियो

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.7K
    SHARES

    मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा सधैँ चर्चाको केन्द्र बन्ने गरेकी छिन् । कहिले प्रोफेसनल लाइफ त कहिले लुक्स उनको चर्चाको बिषय बन्ने गरेको छ ।

    हालै उनले केही नयाँ तस्बिर सुट गराएकी छन् । जसको कारण फेरि उनको चर्चा चुलिएको छ । लेटेष्ट फोटो सुटमा उनले एकसेएक गर्जियस लुक प्रस्तुत गरेकी छन् ।
    प्रियंकाले आफ्नो हरेक तस्बिर नयाँ तथा फरक ड्रेसका साथ प्रस्तुत गरेकी छन् ।



    हरेक ड्रेसमा उनी निकै सुन्दर तथा आकर्षक देखिएकी छन् । उनका ड्रेसअप, हेयर स्टाइल र तस्बिर पोजले फ्यान उनी प्रति फिदा भएका छन् । एक तस्बिरमा उनी स्टाइलिस ड्रेसमा कुर्सीमा बसेकी छन् ।



    अर्काे एक तस्बिरमा उनी हरियो ड्रेसमा देखिएकी छन् । जुन तस्बिरले उनको सुन्दर झन् निखारेको छ ।
    प्रियंकाको हरेक तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् ।

    तस्बिरलाई फ्यानले कमेन्ट र तारिफका बर्षा गरिरहेका छन् । कामको कुरो गर्ने हो भने प्रियंका छिट्टै हलिउड फिल्ममा देखिँदैछिन् । हालै उनले लन्डनमा फिल्म ‘टेक्स्ट फर यु’की शुटिङ पूरा गरेकी छन् ।

    यस कुराको जानकारी प्रियंकाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार