Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल-भारत सीमाबाट पेस्तोलसहित युवक पक्राउ

    नेपाल-भारत सीमाबाट पेस्तोलसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 1.8K
    SHARES

    सांकेतिक तस्विर

    जलेश्वर । नेपाल भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले आज पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।



    युवक मण्डल आज बिहान करिब ११ः०० बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका–८ स्थितबाट पक्राउ गरेको हो ।



    उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक राउण्ड गोली र एक राउण्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो । पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

    ट्र्याक्टर नियन्त्रणमा
    वाग्मती–मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर कार्यालय हेटौँडाले अवैधरुपमा ल्याइएको काठ र ट्र्याक्टर तथा चालकसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीे टोलीले जाँचका क्रममा उक्त अवैध काठसहित ट्र्याक्टर र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ ।

    जाँचका क्रममा उक्त ट्र्याक्टरबाट चिलाउने ३२.०२ क्युफिट, कर्माको ७.०३ क्युफिट र कर्माको ७.०३ क्युफिट गोलिया काठ बरामद गरेको बताइएको छ । हेटौंडाको भोर्लेस्थित धरान चतरा सडकखण्डमा हर्नामारी हुँदै हटियातिर जाँदै गरेको ना ७ त ११३५ नं को ट्र्याक्टरमा लोड रहेको काठका कागजपत्रबिना फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

    पक्राउ पर्नेमा ट्र्याक्टर चालक हेटौंडा उपमहानगरपालिका–१८ का ३४ वर्षीय सन्तबहादुर जिम्वा, ४७ वर्षीय आइतराम जिम्वा तथा हेटौंडा–१७ का २९ वर्षीय अशोक तामाङ रहेको बताइएको छ । प्रहरीले नियन्त्रणमा लिएको काठसहित ट्र्याक्टर तीन जनालाई जिल्ला वन कार्यालय मकवानपुरमा कारवाहीका लागि आज पठाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार