Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • वामदेवले मागे दीपक मनाङेसँग सहयोग

    वामदेवले मागे दीपक मनाङेसँग सहयोग

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता अभियान चलाइरहेका छन् । उपाध्यक्ष गौतमले विभिन्न माध्यमबाट एकताको अभियानमा जुट्नसमेत नेता कार्यकर्तालाई आग्रह गरिरहेका छन् ।

    नेकपा अहिले औपचारिक विभाजन नभएपनि दुई समूहमा विभाजित छ । वामदेवको अभियानमा गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि देखिएका छन् ।



    गत साल असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताएका थिए । प्रदेश सभामा नेकपालाई दुई तिहाई पुर्‍याउन समर्थन गरेको तर अहिले आफू स्वतन्त्र प्रदेशसभा सदस्य भएको उनको भनाइ थियो ।



    अब उनी वामदेवसँग नजिकिएका छन् । गौतमले फोन गरेर एकताको अभियानमा लाग्न आग्रह गरेको र त्यो चित्त बुझेको उनले बताए । वामदेव निकट स्रोतले पनि मनाङेलाई एकता अभियानको केन्द्रीय समितिमा राखिएको बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार