Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संसद विघटनविरुद्धको मुद्दामा आजको सुनुवाइ सकियो, भोलि पनि सुनुवाइ हुने

    संसद विघटनविरुद्धको मुद्दामा आजको सुनुवाइ सकियो, भोलि पनि सुनुवाइ हुने

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ । आजबाट निरन्तर सुरुवाइ सुरु भएको संसद विघटन विरुद्धको मुद्दामा भोलि फेरी सुनुवाइ हुनेछ ।

    आजको सुनवाइमा संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामो बहस गरेका थिए ।



    दुवै जनाले प्रतिनिधि सभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए ।



    इजलासबाट बारम्बार धारा ७६ (१) को प्रधानमन्त्रीले विघटन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा आएको थियो । सो क्रममा वरिष्ठ अधिवक्ता पोख्रेल र आचार्यले अहिलेको प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको जिकिर गरेका थिए ।

    प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्नेमा उनीहरूको जोड थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार