Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘तान्डव’ माथि बबाल, सैफ करिनाको घरमा प्रहरी तैनाथ

    ‘तान्डव’ माथि बबाल, सैफ करिनाको घरमा प्रहरी तैनाथ

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 3.8K
    SHARES

    काठमाडाैँ । वेव सिरिज ‘ताण्डव’ विवादमा परेको छ ।

    यो सिरिज विवादमा परेसँगै यसमा अभिनय गर्ने कलाकारहरुको निजी जीवनमा पनि यसको असर पर्ने संकेत देखिएको छ । बलिउड नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।



    यो सिरिजमा नायक खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसैले, पनि यो सिरिजलाई लिएर प्रदर्शनकारीहरुले सैफको घर अगाडि प्रदर्शन गर्ने संभावना बढेपछि प्रहरीले सुरक्षा दिएको हो ।



    भारतीय जनता पार्टीका विधायक राम कदमले मुम्बइको घाटकोपर प्रहरी चौकीमा सिरिजको मेकर्सको विरुद्धमा उजुरी दर्ता गराएका छन् । हिन्दु देवी–देवताको अपमान गरेको भन्दै उनले उजुरी दर्ता गराएका हुन् । उनले, सिरिजका कलाकार, निर्माता र निर्देशकलाई कारवाहीको माग समेत राखेका छन् ।

    यस्तै, वीजेपी सांसद मनोज कटोकले सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेख्दै वेव सिरिजमाथि प्रतिवन्ध लगाउन माग समेत गरेका छन् । उनले, यो सिरिजका निर्देशकले जानेर नै हिन्दु देवताको मजाक उडाएको उनको आरोप छ ।

    यो विवादलाई मद्देनजर गर्दै सैफ र करिना कपुरको घरमा प्रहरीको सुरक्षा प्रदान गरिएको छ । करिना र सैफको घर फर्च्युन हाइट्स बाहिर प्रहरीको कडा सुरक्षा लगाइएको छ । घरको चारैतिरका तस्बिर सार्वजनिक भएको छ जसमा चारैतिर प्रहरीको सुरक्षा देख्न सकिन्छ ।

    स्मरण रहोस्, सैफ अली खान यतिबेला अन्य प्रोजेक्टको सुटिङको सिलसिलामा मुम्बईभन्दा बाहिर छन् । यसैबीच तान्डवको विषयमा भएको हंगामा कारण घर बाहिर प्रहरी तैनाथ गरिएको हो । सैफ अली खानबाहेक सिरिजका निर्देशक अली अब्बास जफर र नायक जिशान अयूबमा पनि बिजेपी सांसद राम कदमले निशाना साँधेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार