Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एटीएम फोडेर पैसा चोर्न खोज्ने युवक पक्राउ

    एटीएम फोडेर पैसा चोर्न खोज्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौंमा एटीएम फोडेर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका प्रहरीले जनाएको छ ।



    उनले आइतबार राति नागार्जुन नगरपालिका–२ ठूलोभर्‍याङस्थित एनआईसी एशिया बैंकको एटीएम फोडेर चोरी गर्न खोजेका थिए । उनलाई एटीएम फुटाउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार एटीएम फोड्न खोज्ने अर्का एकजना फरार रहेका छन् । फरार व्यक्तिको खोजि जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार