Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर एक व्यक्तिको मृत्यु

    भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर एक व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतको कर्नाटनकमा कोरोना खोप लगाएलगत्तै ह्द्यघात भएर एक व्यक्तिको मृत्यु भएको छ ।

    शनिबार स्थानीय सन्दूर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको मृत्यु भएको बेंगलुर पुगेका पत्रकार इमरान कुरेशीलाई एक सरकारी अधिकारीले बताएका छन् ।



    भारतमा शनिबारदेखि देशभार कोरोना खोप अभियान सुरु भएको छ ।



    बेल्लारीका डेपुटी कमिश्नर पवनकुमारले बीबीसी हिन्दीलाई बनाएअनुसार मृतक नागराजको पोष्ट मार्टम भैसकेको छ र यसको रिपोर्ट राज्य सरकारलाई पठाइएको छ ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एक अधिकारीका अनुसार नागराजको मृत्यु श्वास प्रणालीको असफलताका कारण भएको हो । भारतमा शनिबारदेखि कोरोना खोप अभियान सुरु गरिएको छ । त्यहाँ पहिलो चरणमा ३० करोड जनालाई भ्याक्सिन लगाउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार