Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ललिता निवासमा माधवलाई भ्रष्ट देख्ने साइबर सेनाले विष्णु र छोरालाई किन चोखो देख्यो ?

    ललिता निवासमा माधवलाई भ्रष्ट देख्ने साइबर सेनाले विष्णु र छोरालाई किन चोखो देख्यो ?

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा घोटला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सरकारी जग्गा कीर्ते गरी गुठी बनाउनेहरुका बिरुद्ध अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी गरेको छ ।

    सिआईबीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टिएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई पनि मुद्दा दायर गर्नुपर्ने फाइल तयार गरेपछि दुई तिहाई बहुमतसहितको प्रतिनिधिसभा भंग गरी संविधान नै धुजाधुजा पार्ने ओलीको जयजयकार गर्नेहरुले आत्मरति लिइरहेका छन् ।



    ललिता निवास (१ सय ४३ रोपनी जग्गा) अतिक्रमणमा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अघि २२ माघ २०७६ मा नै १७५ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।



    ललिता निवासको जग्गा अतिक्रमण गर्नेहरुबिरुद्ध मुद्दा दायर गर्नेहरुबिरुद्ध अख्तियारले अनुसन्धान सुरु गरेदेखि नै प्रधानमन्त्री केपी ओलीदेखि उनको समूहले नेकपाका अध्यक्ष माधवकुमार नेपालबिरुद्ध पनि मुद्दा चलाउन तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई दबाब दिएको थियो ।

    तर, घिमिरेले माधव नेपालको उक्त जग्गा प्रकरणमा प्रधानमन्त्री निवासदेखि प्रधानन्यायाधीश र सभामुख निवासको जग्गा संरक्षण र बाटो खुलाउनेबाहेक अरु कुनै कुरामा संलग्नता नदेखिएकाले उनको नाम नराखी मुद्दा दायर गरेका थिए ।

    मुद्दा चलाउने बेला अख्तियारले ललिता निवासको जग्गा नै लिएका हालका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले छोरा नवीन पौडेललाई पनि उन्मुक्ति दिएको थियो ।

    माधव नेपालले न कसैका नाममा जग्गा लिएका थिए, न त उनको नियत नै गलत थियो । उनी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री निवासको जग्गा संरक्षणको लागि गुरुयोजना बनाउने निर्णय गरेका थिए ।

    त्यही आधारमा उनलाई उक्त निर्णयका आधारमा फसाउने बालुवाटारको डिजाइन सफल हुन सकेन ।अख्तियारले त्यसमा साथ दिएन ।

    माधव नेपाललाई मात्र मुद्दा दायर गर्दा उनको मन्त्रिपरिषदमा रक्षामन्त्री रहेकी हालकी राष्ट्रपति विद्या भण्डारी र संचार मन्त्री रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि उन्मुक्ति पाउँदैनथे । त्यसकारण पनि बालुवाटारको माधव नेपाललाई सिध्याउने हतियार भुत्ते हुन पुगेको थियो ।

    सीआइबीले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध अनुसन्धान गरी मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरेपछि माधव नेपालबिरुद्ध मुद्दा दायर हुने हौवा प्रधानमन्त्री ओलीको साइबर सेनाले चलाउन थालेका छन् ।

    सीआइबीले माधव नेपालबिरुद्ध मुद्दा दायर गर्दा विद्या भण्डारी र शंकर पोखरेलले उन्मुक्ति पाउलान् त ? अख्तियारले भण्डारी र पोखरेलसमेत तानिने भएपछि मुद्दा दायर नगरेको भन्ने कुरा नबुझेका साइबर सेना माधव नेपालको नाम उछालेर आत्मरतिमा रमाइरहेका छन् ।

    सीआइबीले अर्थमन्त्री बिष्णु पौडेलका छोरालाई समेत मुद्दा दायर गर्नसक्ने अवस्था छैन । जबकि उनका छोरा नवीन पौडेलको नाममा ५० हजार आना मूल्यमा जग्गा किनेको देखिन्छ । यद्यपि उक्त जग्गा पौडेलले भुमाफिया शोभान्त ढकाल र रामकुमार सुवेदीको गैरकानुनी काममा साथ दिएबापत घुसबापतै लिएका हुन् भन्ने कुरा दुनियालाई थाहा छ ।

    बिष्णु पौडेलका छोरा नवीनमाथि कीर्तेमा मुद्दा चलाउनुपर्छ भनेर साइबर सेनाले एक शब्द पनि खर्च गरेको देखिएको छैन । तर, प्रधानमन्त्री कार्यालयको जग्गा संरक्षण गर्ने निर्णय गर्ने क्रममा बाटो बनाएको बिषय उछालेर माधव नेपालमाथि हिलो छ्याप्न साइबर सेना तल्लीन छ ।

    बालुवाटारले माधव नेपालबिरुद्ध मुद्दा चलाउनुपर्छ भनेर बालकृष्ण न्यौपानेलाई सर्वोच्च अदालतमा रिट समेत हाल्न लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार