Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा चौथो भर्चुअल शैक्षिक मेला, विद्यार्थीको अन्योल हट्ने

    नेपालमा चौथो भर्चुअल शैक्षिक मेला, विद्यार्थीको अन्योल हट्ने

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 3.2K
    SHARES

    काठमाडौ । नेपालमा चौथो भर्चुअल शैक्षिक मेला सुरु भएको छ । विगतका वर्षझैँ यो वर्ष पनि प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरिएको हो । हिजोबाट शुरु भएको मेला माघ २० गते सम्म चल्ने वताइएको छ  ।

    मेलामा कक्षा १२ पछि के पढ्ने ?  कुन विषय पढेकाले के पढ्न पाउँछन् ?  पढेपछि के बन्ने ?  के–कस्ता अवसर छन् ?  विषय कसरी छनोट गर्ने ?  नेपालमा के–कस्ता विषयको पढाइ हुन्छ ?  विश्वबजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ?  कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्त्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरण गरिने आयोजकले बताएका छन् ।



    पहिले परामर्शका लागि विद्यार्थी कलेज धाउनु पर्ने बाध्यता थियो । त्यसलाई मध्य नजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको हो । अर्कोतर्फ अहिले कोरोना महामारीले विश्व नै आक्रान्त छ ।



    यस्तो अवस्थामा भर्चुअल मेलाको विकल्प छैन । तर, कोरोना अगावै पनि भर्चुअल रूपमा यस्ता मेलाहरू गर्दै आएको आयोजकले बताए ।

    त्यस्तै,ई–सेवाबाट ल्यापटप र नेपाल एडुफेयर डटकममा भिजिट गरेर ई–सेवामा क्लिक गर्ने बित्तिकै ५० रुपैयाँ क्यास ब्याक आउने छ ।

    साथै विद्यार्थीलाई स्नातक तहमा नौ वटा विषयमा प्लस टु तहका ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।

    मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता छ । ८ माघदेखि प्रत्येक दिन साँझ ६ देखि ६ः३० बजेसम्म शिलापत्रबाट ‘एडु टक’ लाइभ कार्यक्रम प्रसारण हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार