Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रदेशले गरेको कामको दावी गरेपछि एसपीले खाए डिआईजीको हप्की

    प्रदेशले गरेको कामको दावी गरेपछि एसपीले खाए डिआईजीको हप्की

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 5.3K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीमा प्रचारमा रमाउन चाहने थरी-थरीका जिल्ला प्रमुखहरु देखिएका छन्। आफुले सिन्को नभाच्ने र आफुभन्दा माथिको निकायले गरेको कामलाई पनि आँफैले गरे भनेर प्रचार गर्न थालेपछि एक एसपीले डिआईजीको हप्की खाएका छन्।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले गरेको काममा चितवनका एसपीले आफ्नो नाम चर्चामा ल्याउने प्रयास गरेका छन् । आफूले गर्दैै नगरेको कामको जससमेत चितवनका एसपी नान्तिराज गुरुङले लिन खोजेका हुन् ।



    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले मंगलबार बेलुका चितवनका तीन जना प्रहरीलाई घुस लिएको आरोपमा पुल्चोकबाट ट नियन्त्रणमा लिएको थियो ।



    प्रदेशबाट खटिएको टोलीले गरेको कामको समेत जस आफूले लिन चितवन प्रहरी प्रमुख गुरुङले आफूले गरेको कामको रुपमा चित्रण गर्न  मिडियाबाजी गरेको उनकै फेसबुक पेजबाट पनि पुस्टि हुन्छ।

    गुरुङले आफ्नो टोलीले नै घुससहित तीन जना प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै समाचार प्रकाशन गर्न लगाएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआईजी बसन्त लामाले आचरण विपरित काम गरेको भन्दै पत्रै काटेर गुरुङसँग स्पष्टिकरण लिएको स्रोतको भनाइ छ।

    केही सञ्चारमाध्यममा प्रकाशित समाचार उनी आफैले सामाजिक सञ्जालमा शेयर गरेका छन् भने जिल्ला प्रहरी कार्यालयको आधिकारिक फेसबुक पेजबाट समेत शेयर गरिएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रवक्ता एसएसपी मिरा चौधरीले प्रदेशको टोलीले घुससहित प्रहरीलाई पक्राउ गरेको जानकारी दिएकी थिइन।

    एसपी गुरुङले गर्दै नगरेको कामलाई आँफैले गरे भनेर प्रचारबाजी गरेको बिषयमा छलफल चलेको भन्दै एसएसपी चौधरीले डिआईजी सापलाई थप कुरा सोध्न आग्रह गरिन।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट जारी प्रेस विज्ञप्तिमासमेत प्रष्ट रुपमा प्रदेशको टोलीले रकम सहित तीन जना प्रहरीलाई नियन्त्रणमा लिएको र उनीहरुलाई अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ।

    सबैभन्दा अचम्म त के छ भने घुससहित पक्राउ परेका प्रहरीहरु एसपी गुरुङ निकट रहेका छन्।

    निषेधित क्षेत्रमा सवारी साधन रोक्ने र पार्किङ गर्ने म्याजिक तथा अटो रिक्सा चालकसँग घुस लिंदालिंदै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार लोकबहादुर घर्तीमगर , जवान जमुना खड्का र  पूर्ण सिंह रश्मी पक्राउ परेका थिए ।

    एसपी गुरुङ आफ्नो कार्यकाल सकिन लागेर सरुवाको तयारीमा छन् । सरुवाको मुखमा उनले चितवनका रेष्ट्ररेन्टदेखि ट्रान्सपोर्टहरुसँग असुली धन्दा चलाएको नारायणगढकै एक व्यवसायी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार