Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीको हुकुमी शासन स्वीकार्य छैन : रामचन्द्र पौडैल

    ओलीको हुकुमी शासन स्वीकार्य छैन : रामचन्द्र पौडैल

    संसद विघटन लोकतन्त्र विरोधी कदम

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको भावना र लोकतन्त्रको रक्षाका लागि सर्वोच्च अदालतले न्यायोचित कदम चाल्नुपर्ने बताएका छन् ।

    बिहीबार काठमाडौ‌ंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले संसद विघटनलाई सर्वोच्चले स्वीकार गर्न नहुने भन्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने बताए ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको उनको भनाइ थियो । ‘ओलीको हुकुमी शासन स्वीकार्य छैन्’, वरिष्ठ नेता पौडेलले भने, ‘संसद् विघटन लोकतन्त्र विरोधी कदम हो । यो संविधान विरोधी कदम मात्र नभएर राष्ट्रघाती कदम पनि हो ।’



    वर्तमान सरकारले जनताको मतदानमाथि अपमान गरेको बताउँदै उनले सरकारले जनतालाई छातीमा लात हानेर दुहाई दिने काम गरेको बताए । उनले संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटनको ठाउँ नराखेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार