Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १९८ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १९८ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा १९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ७३ महिला र १२५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका सहित देशभर ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३० स्वाब परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    नेपालमा अहिलेसम्म २० लाख ३१ हजार ७५६ जनाको आरटी पीसीआर परीक्षण भएको छ। बिहीबार थप ५ हजार ३० स्वाब परीक्षण गरिएको थियो। योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको मन्त्रालयले जनाएको छ ।



    जसमध्ये २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् । बिहीबार थप २६६ जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार