Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चितवनबाट एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

    चितवनबाट एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.5K
    SHARES

    सांकेतिक तस्विर

    चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेस गरेको छ ।

    उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी बिहीबार अदालतमा बुझाइएको हो ।



    उनका अनुसार चोरी, सवारी ज्यान, लागूऔषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेदलगायतका मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत पठाइएको हो ।



    उनीहरुलाई इलाका प्रहरी कार्यालय दिव्यनगर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार