Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतले नेपाललाई कोरोना खोप दिएकै दिन चीनले पनि पाकिस्तानलाई खोप उपलब्ध गराउने घोषणा गर्‍यो

    भारतले नेपाललाई कोरोना खोप दिएकै दिन चीनले पनि पाकिस्तानलाई खोप उपलब्ध गराउने घोषणा गर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । भारतले नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई कोरोना खोप आपूर्ति गर्ने घोषणा गरेपछि चीनले पनि पाकिस्तानलाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ।

    भारतले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप बिहीवार नेपाल आइपुगेको छ।मध्याह्न १२ बजे एयर इन्डियाको जहाजमा भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइएको हो।



    उता, आजै पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले  चीनले पाकिस्तानलाई जनवरी ३१ सम्ममा कोरोना भाइरस खोपको ५ लाख डोज उपलब्ध गराउने आश्वासन दिएको घोषणा गरेका छन् ।



    उनका चिनियाँ समकक्षी वाङ यीले भिडियो सन्देशमा  चीनले इस्लामाबादलाई हवाई जहाज पठाउन र खोपहरू एयरलिफ्ट पठाउन प्रस्ताव गरेको जनाएका छन् ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अवस्थाको संवेदनशीलतालाई ध्यानमा राख्दै बेइजिङसँग अन्तर्क्रिया बढाउन निर्देशन दिएपछि विदेश मन्त्री कुरेशीलेले  चिनियाँ विदेशमन्त्रीसँग विस्तृत वार्ता गरेका थिए।

    पाकिस्तानी संचारमाध्यमका अनुसार  चीनले जनवरी ३१ सम्म पाकिस्तानलाई  कोरोना विरुद्धको ५ लाख डोज उपलब्ध गराउने प्रतिज्ञा गरेको छ । तर, नेपाललाई भने चीनले कोरोना खोप दिने बारेमा केही बोलेको छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार