Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पाँच लाख ठगेर फरार भएका अभियुक्त प्रकाउ

    पाँच लाख ठगेर फरार भएका अभियुक्त प्रकाउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.5K
    SHARES

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले ठगी गरेर फरार रहेका १ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गारीगंङ्गा नगरपालिका–८ बस्ने ३४ वर्षका राजाराम चौधरी रहेका छन् ।

    उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको बिशेष प्रहरी टोलीले लम्की चुहा नगरपालिका–९ मा लुकिछिपी बसेको अबस्थामा आज प्रकाउ गरेको हो ।



    उनबिरूद्ध धनगढी उपमहानगरपालिका–१ बस्ने अनिता चौधरीले पाँच लाख ठगी गरी सम्पर्क बिहिन भएको जाहेरी दरखास्त  दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले प्रकाउ गरेको हो ।



    भारत बैगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाण पत्रहरु त्रिभुबन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउन पैसा पठाई दिनु भनी सम्पर्क बिहिन बनेका जाहेरी अनिता चौधरीले दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार