Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ५४१ जनाको स्वाव परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

    ५४१ जनाको स्वाव परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो ।



    यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।



    जसमध्ये सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

    त्यसैगरी २४ घण्टामा ३८६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

    २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ छ । साथै काठमाडौं उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिएका छन् ।

    २४ घण्टामा काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना कोरोना संक्रमित देखिएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार