Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पूर्वी लद्दाखमा चिनियाँ सेनाले गोप्य गतिबिधि गरेपछि भारतीय सेनालाई तनाब

    पूर्वी लद्दाखमा चिनियाँ सेनाले गोप्य गतिबिधि गरेपछि भारतीय सेनालाई तनाब

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.5K
    SHARES

    एजेन्सी। चीनको पीपुल्स लिबरेशन आर्मीले सेप्टेम्बर २०२० मा भारत र चीनबीचको द्वन्द्व रोक्न र दुई देशबीचको विश्वास बढाउन सन्धि गरेको थियो, जुन अहिले गोप्य रूपमा तोडिएको छ।

    भारतीय संचारमाध्यमका अनुसार चिनियाँ सेनाले पूर्वी लद्दाखमा आफ्नो स्थितिको सुदृढीकरण गरेको छ। थप रूपमा, चिनियाँ सेनाले चुपचाप वास्तविक नियन्त्रण रेखा (एलएसी) को छेउछाउको तनावग्रस्त क्षेत्रहरूमा सेना परिचालन गरेको छ।



    जबकि सन्धि चार महिना अघि मात्र दुई देशहरुमा हस्ताक्षर भएको थियो।



    दुई देशले  सैन्य भेला नगर्ने सहमति पनि भएको थियो। २१ सेप्टेम्बर २०२० को छैटौं वार्तापछि चिनियाँ सेनाले जारी गरेको संयुक्त बयान अस्वीकार गरिएको छ।

    यो मात्र होइन, दुबै पक्षले शान्तपूर्वक धेरै प्रयास गरेका छन।

    वरिष्ठ कमाण्डर तह वार्ताको छैठौं दिन पछि भारत र चीनले संयुक्त बयान जारी गरेर उनीहरुले सीमामा सेनाको संख्या नबढाउन र भूमिमा स्थितिको एकतरफा परिवर्तन हुन नदिन सहमत गरेका थिए ।

    तर, पछिल्लो समय चीनको बढ्दो कदमहरूलाई ध्यानमा राख्दै भारतले पहिले नै सावधानी अपनाएको छ। लद्दाख उपत्यकामा यस समय तापक्रम माइनस  डिग्री तल झरेको छ।

    तर, दुबै पक्षबाट सेनामा कुनै कटौती गरिएको छैन। जाडोको कारण, त्यहाँ सीमामा शान्ति छ, तर तनाव अझै पनि छ।  गत नौ महिनादेखि भारत र चीनबीच तनावको स्थिति रहेको छ।

    पूर्वी लद्दाखमा सेना र हतियारको भारी तैनाथी गरिएको छ। भारतले सिमानामा तोपखाना बन्दुक, ट्यान्की र सशस्त्र सवारी साधन प्रयोग गरेको छ।

    दुई देशका बीच ८ चरणमा वार्ता भैसकेको छ । तर लद्दाखमा गतिरोधको समाधान हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार