Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अभिनेत्री जयश्रीले गरिन् उपचारकक्षमै आत्महत्या

    अभिनेत्री जयश्रीले गरिन् उपचारकक्षमै आत्महत्या

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । बिग बस कन्नडको तेस्रो श्रृङ्खलाकी सहभागी नायिका जयश्री रमैयाले आत्महत्या गरेकी छन्

    सोमबार, २५ जनवरीमा जयश्रीलाई बेंगलुरुस्थित एक ओल्ड एज होम र रिह्याबिलिटेशन सेन्टरमा मृत पाइयो । उनको शव झुण्डिएको अवस्थामा फेला परेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ ।



    उक्त आश्रममा उनको उपचार चलिरहेको पनि बताइएको छ । भारतीय मिडियामा प्रकाशित समाचारअनुसार जयश्री रमैया केही वर्षदेखि डिप्रेशनको शिकार थिइन् र सोसल मिडियामा उनले यो संसार छोड्न चाहेको इशारा पनि गरेकी थिइन् ।



    जुलाई २०२० मा जयश्रीले आफ्नो फेसबुक पेजबाट लाइभ भिडियो सेयर गरेकी थिइन् । यद्यपि, पछि उनलाई बिग बस कन्नडका प्रस्तोता सुदीपले बचाएको बताइन्छ । जयश्रीले आफ्नो भिडियोमा भनेकी थिइन्, ‘म क्विट गरिरहेकी छु । संसार र डिप्रेशनलाई अलविदा ।’ उनले यो पनि भनेकी थिइन्, ‘म यो सब चर्चा पाउनका लागि गरिरहेकी छैन । म सुदीप सरबाट आर्थिक मद्दत पनि चाहन्नँ । म मर्न चाहन्छु किनभने म डिप्रेशनसँग जुध्न सकिरहेकी छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार