Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पूर्वसभामुख ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा

    पूर्वसभामुख ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आजै प्रधानमन्त्री केपी शर्माविरुद्ध पनि अदालतको अवहेलनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    ढुंगानाविरुद्ध राजाराम घिमिरेसहित ४ जनाले दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले मंगलबार दर्ता गरेको हो । पूर्वसभामुख ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ ।



    संसद विघटनविरुद्ध आयोजित विभिन्न कार्यक्रमहरुमा ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्युँताउनुपर्ने तर्क गरेका थिए । उनले सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी गरेको टिप्पणी पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार