Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओलीले राज्यको स्रोत दोहन गर्दै पञ्चर्‍याली गर्न लागेको माधव नेपालको आरोप

    ओलीले राज्यको स्रोत दोहन गर्दै पञ्चर्‍याली गर्न लागेको माधव नेपालको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2.1K
    SHARES

    फिदिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली गुटले काठमाडौंमा पञ्चर्‍यालीको तयारी गरिरहेको बताएका छन् ।

    नेकपा पाँचथरले गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न फिदिम पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केपी गुटले काठमाडौंमा माघ २३ गते गर्न लागेको प्रदर्शनलाई पञ्चर्‍यालीको संज्ञा दिएका हुन् ।



    ‘पञ्चायतकालमा पञ्चेले राज्यको स्रोत दोहन गर्दै आफ्नो पक्षमा जनमास देखाउने प्रयत्न गर्थे,’ नेपालले भने, ‘ओली अहिले त्यही बाटोमा छन् । सरकारी ढुकुटिको दुरुपयोग गरेर २३ गते पञ्चर्‍याली गर्ने धाँक दिइरहेका छन् ।’



    आफूहरुको विरोध प्रदर्शनमा जनताको बढ्दो सहभागिता देखेर आत्तिएका ओलीले पञ्चर्‍यालीको तयारी गरेको आरोप छ । तर, जनताले साथ नदिएपछि पञ्चर्‍यालीको कुनै अर्थ नहुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार