Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्यो-नेपालमा झन् बढ्यो भ्रष्टाचार

    ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्यो-नेपालमा झन् बढ्यो भ्रष्टाचार

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । पछिल्लाे सयम नेपालमा झन् भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

    १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ ।



    गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ ।



    ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार